कारोबार


कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्‍भावना दूत छनोट गर्ने

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्‍भावना दूत छनोट गर्ने

नेपालखबर
असार १२, २०८२ बिहिबार १८:२, काठमाडौँ

दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका माध्यमबाट सद्भावना दूत ‘ब्रान्ड एम्बेसडर’ छनोट गर्ने जनाएको छ। कम्पनीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी प्रतिस्पर्धामार्फत तीन जना दूत छनोट गर्न लागेको जानकारी दियो।
 
गत जेठदेखि सुरु भएको सो कार्यक्रम आगामी माघसम्म चल्नेछ। विभिन्न तीन चरणमा आयोजना हुने सो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच लाख पुरस्कार र एक वर्षका लागि रु एक करोड बराबरको सद्भावना दूत सम्झौता गरिने आयोजकले जनाएको छ।
 
दोस्रो हुनेलाई रु चार लाख पुरस्कार र एक वर्षका लागि रु ५० लाखको सम्झौता तथा तेस्रो हुनेलाई रु तीन लाख पुरस्कार र रु वार्षिक ३० लाखको सम्झौता हुने कम्पनीका कार्यकारी निर्देशक बिमलराज गोसाइँले जानकारी दिए। नेपालको दूरदराजमा रहेका प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ।
 
प्रतियोगितामा सहभागी हुनेले एसवाई कम्पनीको नेपाल साझेदार सहायक कम्पनीको प्रवद्र्धनात्मक भिडियो बनाएर पेस गर्नुपर्ने र उत्कृष्ट भएकालाई सद्भावना दूत नियुक्त गरिने कार्यक्रम संयोजक विजय बस्नेतले जानकारी दिए। उक्त कम्पनी अन्तर्गत नेपालमा रहेका विभिन्न सहायक कम्पनीमा दुई सयभन्दा बढीले प्रत्यक्ष र २० हजारभन्दा बढीले अप्रत्यक्ष रोजगार पाएका कम्पनीको दाबी छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad