सुदूरपश्चिम


‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

नेपालखबर
असार १२, २०८२ बिहिबार १८:१०, धनगढी

साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गर्नुभएको हो। सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए।

पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो। पन्चानब्बे प्रतिशत माथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषणा गर्न सकिने नीति छ। शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलब १९ प्रतिशत साक्षर भइसकेका छन्।

उनले भने, ‘साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा गरेमा सम्बन्धितलाई साक्षरताको प्रमाणपत्र दिन सकिन्छ, वडा, पालिका, जिल्लालाई क्रमशः साक्षर घोषणा गरिसकेपछि आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो।’

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो। सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो। यो उमेर समूह ९१५ देखि ६० वर्ष० प्रदेशको कैलालीमा ९६ दशमलब २०, कञ्चनपुरमा ९६ दशमलब २१, अछाममा ९५ दशमलब ५५, डोटीमा ९६ दशमलब ५५, बाजुरामा ९७ दशमलब ३१, बझाङ ९५ दशमलब ६०, डडेलधुरामा ९६ दशमलब आठ, बैतडीमा ९६ दशमलब ५३ र दार्चुला जिल्लामा ९५ दशमलब ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। 

यसअघि प्रदेशका सबै नौ जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो। नेपाल सरकारको साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्र बमोजिम साक्षर वडा, स्थानीय तह र जिल्ला तथा प्रदेश साक्षर घोषणा गर्ने नीतिअनुरुप २०७१ असारमा साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धपाञ्चोक हो। देश भरी हालसम्म ६६ जिल्ला साक्षर घोषणा भइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad