कारोबार


नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा

फाइल तस्बिर


रासस
असार १२, २०८२ बिहिबार १६:२९, चितवन

इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना-६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ः०० बजेसम्म बन्द गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो।

ढुङ्गा व्यवस्थापनसँगै बर्षात्को समयमा हुनसक्ने जोखिम र दुर्घटनामा केही कमी आउने उनले बताए।

बिहानदेखि सुरु गरिएको ढुङ्गा पन्छाउने काम दिउँसो ३ः०० बजे सम्पन्न भएसँगै नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए।

उनका अनुसार बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजन र जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad