सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने बढेको छ।
गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार बृद्धि भएको थियो।
आइतबार तोलामा पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज एकलाख ९५ हजार दुईसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बिहीबार सुन तोलामा चारसय र शुक्रबार आठसय सय रुपैयाँ घटेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने ताेलामा १० रुपैयाँ बढेको छ। आज चाँदीको मोल दुई हजार १७० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
2.0k
Shares

प्रतिक्रिया