कारोबार


दोहोरो अंकले घट्यो सेयरबजार, कारोबारमा सुधार

दोहोरो अंकले घट्यो सेयरबजार, कारोबारमा सुधार

नेपालखबर
असार ५, २०८२ बिहिबार १६:२९, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ। 

नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा झरेको दिन ११ अर्ब २३ करोडको खरिदबिक्री भएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २ करोड ९४ लाख कित्ता सेयर बिक्रीपछि सो परिमाणमा कारोबार भएको हो। 

यस दिन ४७ वटा सेयरको मूल्य बढ्दा २०१ वटाको घटेको छ। 

बिहीबार पञ्चकन्या माई हाइड्रोपावर ९.९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् ५.५५ प्रतिशत, शिवश्री हाइड्रो ४.०४ प्रतिशत, पाँचथर पावर कम्पनी ३.५९ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनी ३.२३ प्रतिशतले बढेको छ। 

त्यसैगरी पियोर इनर्जी १० प्रतिशत, रसुवागढी हाइड्रो १० प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट ९.९९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट ६.४४ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंक ५.९० प्रतिशतले घटेका छन्। 

सर्वाधिक कारोबार भने ङादी ग्रुप पावरको भएको छ। कम्पनीको ८५ करोडको कारोबार भयो। यसबाहेक बुटवल पावर कम्पनीको ५८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad