कारोबार


राष्ट्र बैंकद्वारा गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले माग्यो विज्ञबाट ६ क्षेत्रमा सुझाव

राष्ट्र बैंकद्वारा गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले माग्यो विज्ञबाट ६ क्षेत्रमा सुझाव

कार्यदल


नेपालखबर
असार ४, २०८२ बुधबार १७:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले गठन गरेको बैकिङ क्षेत्र सुधार सुझाव कार्यदलले विज्ञ तथा सर्वसाधारणबाट ६ क्षेत्रमा सुझाव माग गरेको छ। 

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले बैंक, पुँजीबजार तथा मर्जरलाई लिएर विज्ञ तथा सर्वसाधारणहरुबाट सुझाव माग गरेको हो। 

सूचनाअनुसार बैंकिङ नीति नियमनलाई उदार तथा विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरुको पहिचान तथा समाधानको सुझाव, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्नै भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाको बारेमा सुझाव माग गरेको हो। 

गभर्नर विश्वनाथ पौडेलले हाल देखिएका बैकिङ क्षेत्रको समस्या तथा चुनौती र सर्वसाधारणको आवश्यकतालाई आधार मानेर मौद्रिक नीति बनाउन उनले राष्ट्र बैंक र बाहिरका विज्ञ सम्मिलित समिति गठन गरेका थिए। नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र भुवन कुमार दाहाल सदस्य रहने गरी समिति गठन भएको थियो। 

मौद्रिक नीतिअगाडि नै अध्ययन प्रतिवेदन पेस गरिसक्ने उद्देश्यसहित गठित समितिले अध्ययनपूर्व सरोकारवालाहरुबाट सुझाव माग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad