एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्वारा प्रवर्द्धित परियोजना हो।
यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ।
यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिदबिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ। यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।
Shares

प्रतिक्रिया