नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडरलाई ३ महिनाभित्र दर्ता गर्न भनेको छ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत प्राप्त गरी प्राधिकरणबाट मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र तथा मनोरञ्जनात्मक उड्डयन प्रशिक्षण संस्था सञ्चालन प्रमाणपत्र पाएका कम्पनीले असोजभित्र दर्ता हुनुपर्ने भएको हो।
प्राधिकरणले आगामी २०८२/८३ सुरुवात देखि आफ्नो मातहतमा सञ्चालनमा रहेका सम्पूर्ण सोलो तथा टानडेम प्याराग्लाइडरलाई तीन महिनाभित्र प्राधिकरणको फ्लाईट सेफ्टी स्टान्डर्ड डिपार्टमेन्टमा अनिवार्य दर्ता गराई सोहीबमोजिमको सञ्चालन प्रमाणपत्र अधावधिक गर्न सूचना जारी गरेको छ।
आर्थिक वर्षको पहिलो ३ महिनाभित्र दर्ता नभएका प्याराग्लाइडरलाई गैरकानुनी घोषणा गरी प्राधिकरणको प्रचलित ऐन तथा नियमावलीबमोजिम आवश्यक कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया