बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएको तरलता व्यवस्थापन गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले ९० अर्ब रकम खिच्ने भएको छ।
राष्ट्र बैंकले बिहीबार ३५ दिने निक्षेप संकलन जारी गर्दै बोलकबोलमा सहभागी हुन भनेको हो।
यसअघि बैंकले २१ दिने निक्षेप सुविधा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउँदै आएकोमा तरलता अधिक हुन थालेपछि राष्ट्र बैंकले ३५ दिने र ४२ दिने निक्षेप सुविधालाई सक्रिय बनाएको हो।
तीन दिनअगाडि ४२ दिने निक्षेप सुविधा उपलब्ध गराएको बैंकले पुनः बिहीबार ३५ दिने सुविधा उपलब्ध गराएको हो। असार १ गते ४० अर्ब निक्षेप सुविधा माग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले ४२ अर्ब रुपैयाँ बोलकबोलमा राखेका थिए।
राष्ट्र बैंकले ४२ दिनका लागि २.९९ प्रतिशत ब्याजमा ४० अर्ब निक्षेप संकलन गरेको थियो।
बिहीबार पुन बैंकले ३५ दिने निक्षेप संकलन गर्न लागेको हो।
Shares

प्रतिक्रिया