कारोबार


ऊर्जामन्त्री खड्काले भने– ऊर्जा विकासको लक्ष्य एकतिर राखेर ‘टेक एन्ड पे’ लागू गर्न सकिन्न

ऊर्जामन्त्री खड्काले भने– ऊर्जा विकासको लक्ष्य एकतिर राखेर ‘टेक एन्ड पे’ लागू गर्न सकिन्न

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १६:८, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य एकतिर राखेर ‘टेक एन्ड पे’को व्यवस्था लागू गर्न नसकिने बताएका छन्। 

शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खड्काले लक्ष्य एकतिर राखेर अर्कोतिर हिँड्न नसकिने उल्लेख गरेका हुन्। 

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गतेको बजेट वक्तव्यमा ‘रन अफ रिभर’ प्रकृतिका आयोजनालाई ‘टेक एन्ड पे’को आधारमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था उल्लेख गरेका छन्।

त्योसँगै निजी क्षेत्रबाट यसको तीव्र विरोध भइरहेको छ। बुधबार अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच ‘टेक एन्ड पे’को व्यवस्था हटाएर ‘टेक अर पे’अनुसार नै सम्झौता गर्नेबारे छलफल भएको थियो। 

‘टेक एन्ड पे’ र ‘टेक अर पे’का विषयले चर्चा पाएकै छन्। बुझेर वा नबुझेर या गल्तीले जे सुकै भए पनि यो सच्चिन्छ’, मन्त्री खड्काले भने, ‘मन्त्रालयले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसकेको अवस्था छ। किनभने लक्ष्य एकतिर हामी अर्कोतिर हिँड्न सक्दैनौँ। लक्ष्य पहिल्याउन प्रशस्त मिहिनेत गर्नुपर्नेछ।’

सरकारले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। सरकारले ‘टेक एन्ड पे’को आधारमा विद्युत् खरिद बिक्रीको लागि बोलाए ऊर्जा प्रवर्द्धक लगानी नै नगर्ने बताउँदै आएका छन्।

यो पनि– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad