प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीर्ष तीन दलबीच प्रतिनिधिसभाको सदन सञ्चालनको विषयमा सहमति भएको बताएका छन्।
शुक्रबार दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रास्वपासँग मुलभूत विषयमा केही समस्या नभएको तर रास्वपाले आफ्नो अडान नछोडेको बताएका हुन्।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ।
कांग्रेस एमालेसँग दुई बुँदे सहमति गरेपछि प्रचण्डले रास्वपासँग विमति पनि नभएको र आरोप प्रत्यारोप पनि नहुने बताए।
'अब हाउस खुल्छ। रास्वपासँग मूलभुत विषयमा केही समस्या छैन तर उहाँहरूका केही अडानका कारणले आफ्नो ढंगले जानुहुन्छ,' उनले भने, 'तर, हामीबीच विमती र आरोप प्रत्यारोप हुँदैन।'
शीर्ष तीन दलले आज गरेको दुई बुँदे सहमति
१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अस्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तिवार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।
Shares

प्रतिक्रिया