आम सर्वसाधारणलाई सकारात्मक प्रभाव पार्ने नीति तर्जुमाका लागि गभर्नर डा. विश्वनाथ पौडेल मौद्रिक नीति निर्माणको तयारीमा जुटेका छन्।
यसका लागि उनले नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल र पूर्वबैंकर भुवन दाहाल सम्मिलित तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेका हुन्।
राष्ट्र बैंक स्रोतका अनुसार उक्त कार्यदलले बैंकिङ क्षेत्रका समस्या तथा चुनौती र बैकिङ क्षेत्रमा सुधारका बारेमा अध्ययन गर्नेछ।
कार्यदलले एक महिनाभित्र प्रतिवेदन तयार पार्नेछ। सोही प्रतिवेदनअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार पार्न पनि कार्यदल गठन गरिएको हो।
यसअघि मौद्रिक नीति निर्माणमा सर्वसाधारणका आवश्यकता बुझ्नलाई पनि गभर्नर पौडेल उपत्यकाबाहिर गएका थिए। छोटो भ्रमणपछि उनी राष्ट्र बैंक फर्किएर अध्ययन कार्यदल गठन गरेका हुन्।
नेपाल राष्ट्र बैंकले साउन १५ गतेभित्र नयाँ मौद्रिक नीति सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ।
Shares

प्रतिक्रिया