कारोबार


नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारी

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारी

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १५:२९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा हस्ताक्षर  गरेका हुन्। 

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी,  तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका संयुक्त कार्यक्रमहरूसहित र लगानी प्रवद्र्धनलाई जोड दिइने उल्लेख छ। 

समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता तथा दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्च बिच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको महासंघका अध्यक्ष ढकालले बताए। 

यस्तै सम्झौता अनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास, र लगानी प्रवद्र्धनमा संयुक्त पहल गरिने  जानकारी दिए। 

यस्तै क्याम्फेबाका उपाध्यक्ष सोक लोरले महासंघ र क्याम्फेबाले महासंघ र क्याम्फेबाका बीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना, बलियो सञ्जाल, र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त  गरे। 

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने भएको छ। 

साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाई समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

समझदारी पत्र हस्ताक्षर समारोहमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ , कार्यकारिणी  सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad