ad ad

कारोबार


निगमले भन्योः अस्ट्रेलिया चार्टर्ड उडानबारे अनर्गल प्रचार गरियो

निगमले भन्योः अस्ट्रेलिया चार्टर्ड उडानबारे अनर्गल प्रचार गरियो

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:२८,

नेपाल वायुसेवा निगमले केही दिनअघि वाइडबडीले अस्ट्रेलियाका लागि चार्टर्ड उडान गरेको बारे कमिसनको कुरा जोडेर अनर्गल प्रचार भएको जनाएको छ। केही सञ्चारमाध्यमले चार्टर्ड उडानमा पनि कमिसनको खेल भएको भन्दै समाचार सम्प्रेषण गरेपछि निगमले खण्डन गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निगमको चार्टर्ड उडानको क्रममा एजेन्सीलाई भुक्तानी गर्ने सम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले एजेन्टको कमिसनको रकम तत्कालको लागि भुक्तानी रोक्न निर्देशन दिएको भन्दै निगमले सोहीअनुसार उचित अध्ययनपछि नियमसंगत तरिकाले अघि बढ्ने निमित्त महाप्रबन्धकले उल्लेख गरिएको विषयलाई अतिरञ्जित पारिएको दाबी गरेको छ।

अस्ट्रेलियन दूतावासले आफ्ना नागरिक स्वदेश लैजान नेपाल वायुसेवा निगमका जहाज चार्टर्ड गरेको थियो। सोही जहाजमार्फत साढे २ सयभन्दा धेरै अस्ट्रेलियाली स्वदेश फर्किएका थिए।

त्यसको टिकट व्यवस्थापन भने बोन ट्राभल्सले गरेको थियो। मन्त्रीको निर्देशनपछि उक्त कम्पनीले पाउने कमिसन रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .