विगत तीन दिनदेखि सुनको मूल्य लगातार घट्दै आएको छ। आइतबार तोलामा तीन हजार रुपैयाँ र सोमबार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको हो।
प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाख ९० हजार रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो।
गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
2.6k
Shares

प्रतिक्रिया