कारोबार


दैनिक आवश्यक वस्तुहरू वितरण गर्न दराज र बिगमार्टको साझेदारी

दैनिक आवश्यक वस्तुहरू वितरण गर्न दराज र बिगमार्टको साझेदारी

नेपालखबर
चैत २५, २०७६ मंगलबार १०:१५,

नेपालको अग्रणी अनलाइन बजार, दराजले बिगमार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ। उक्त साझेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पुर्याउन तयारी गरेका छन्।

साझेदारीको रूपमा, दराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरूको पाउनेछन् साथै बिगमार्ट मार्फत उपलब्ध अफहरूको पनि आनन्द लिन सक्दछन्।

साथै ग्राहकहरूले दराज को निम्न लिखित बैंक पार्टनरहरूको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकमार्फत १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउनेछन्।

दराजमा बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइट को गृहपृष्ठ रहोमपेजमा सजिलै भेट्न सकिन्छ। बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरूसँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले उच्च गुणस्तरको आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन्।

यसका साथै दराजको अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्दछ। यो एक दीर्घकालीन साझेदारी हो जसमा दुवै कम्पनीहरूले देश भरका ग्राहकहरूका लागि सुविधाजनक सेवा दिन उनीहरूको विशेषज्ञता र स्रोतहरूको पूरा उपयोग गर्ने लक्ष्य राखेका छन्। हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गर्ने भएपनि कम्पनीले चाँडै नै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्याउने आशा राखेको छ।

भविष्यमा, ग्राहकहरूले अझै धेरै उत्पादनहरुका साथ थप डेलिभरी लोकेशन तथा समय समयमा निःशुल्क वितरण जस्ता थपिएका सेवाहरूको आनन्द पनि लिन सक्दछन्।

सुरक्षित डेलिभरी सुनिश्चित गर्न, दराजको डेलिभरी राइडरहरूले उत्तम स्वच्छता अभ्यासहरु अप्नाएका छन साथै नियमित रूपमा टेम्प्रेचर जाँच पनि गरीन्छ । साथै सुरक्षित शपिंग अनुभव ग्यारेन्टी गर्न सबै ग्राहकहरुलाई भनि ह्यान्ड सेनिटाइजर हुनेछन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad