तरलता प्रशोचन गर्न राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तान्ने भएको छ।
आइतबार नै बजारमा २४ अर्ब रुपैयाँ प्रवाह हुने भएपछि तरलतालाई थप व्यवस्थापन गर्न सोही दिन राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्न लागेको हो।
राष्ट्र बैंकले यही जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब ६० करोड रुपैयाँ निक्षेप सकंलन गरेको थियो। सोही रकम आज बैंकले बजारमा फिर्ता दिएको हो।
बजारमा तरलता फालाफालको अवस्था कायमै रहेको भन्दै बैंकले आइतबार पुन निक्षेप संकलन गर्न लागेको हो।
आइतबार बैंकले ४२ दिने निक्षेप संकलन गर्नलागेको हो। राष्ट्र बैंकले १ वर्षयता २१ दिने निक्षेप संकलन गर्दै आएको छ।
अनलाइनबाट बोलकबोलमार्फत बैंकले २५ अर्ब रुपैयाँ प्रशोचन गर्नेछ।
312
Shares

प्रतिक्रिया