एक सातादेखि बढ्दै आएको सुनको मूल्य आज भने स्थिर छ।
गएको शुक्रबारदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज प्रतितोला एक लाख ९३ हजार सातसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतितोला पाँचसय रुपैयाँ बढेर सुनको मूल्य बिहीबार एक लाख ९३ हजार सातसय रुपैयाँ पुगेको थियो। सोही मूल्यमा आज पनि सुनको कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि गएको बुधबार र बिहीबार सुनको मूल्य तोलामा पाँचसय रुपैयाँ बढेको थियो। यसअघि गएको मंगबार सुनको मूल्य दुई हजार नौसय रुपैयाँ बढेको थियो।
शुक्रबार प्रतितोला सातसय, आइतबार तीनसय र सोमबार सुनको मूल्य एक हजार रुपैयाँ मूल्य बढेको थियो।
अघिल्लो साताको सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबारदेखि निरन्तर बढिरहेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ पुगेको हो। चाँदीको मूल्य आज तोलामा ७५ रुपैयाँ बढेको छ।
Shares

प्रतिक्रिया