नयाँ स्टक एक्सचेन्जको अनुमति दिने विषयलाई लिएर अहिले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठक बसिरहेको छ।
बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आजै बैठकमार्फत नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स कसलाई दिने भन्ने निर्णय गर्ने सम्भावना छ।
स्रोतका अनुसार आजको बैठकमा नयाँ स्टक एक्स्चेन्जको विषयलाई मात्र प्राथमिकतामा राखिएको छ।
अहिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने लाइनमा तीनवटा स्टक एक्स्चेन्जहरु छन्।
यसअगाडि सञ्चालन अनुमति मागेका कम्पनीहरुमध्ये एकलाई नै दिने गरी आजको बैठक बसिरहेको हो।
अनुमति पाउने लाइनमा हिमालयन स्टक एक्स्चेन्ज,अन्नपूर्ण स्टक एक्स्चेन्ज र नेशनल स्टक एक्सचेन्ज रहेका छन्।
291
Shares

प्रतिक्रिया