कारोबार


६ अंकले घट्यो नेप्से, झण्डै ८ अर्बको सेयर खरिदबिक्री

६ अंकले घट्यो नेप्से, झण्डै ८ अर्बको सेयर खरिदबिक्री

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १५:४९, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा झरेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ७ अर्ब ९७ करोडको कारोबार भएको छ। 

१ करोड ७१ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। 

आज ९४ वटा सेयरको मूल्य बढ्दा १५३ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ। 

यस दिन रिभर फल्स पावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले ४७.६९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। यसबाहेक बुटवल पावर कम्पनी, प्योर इनर्जी, वरुण हाइड्रो र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर पनि क्रमशः ९.९८, ९.९८, ९.९६ र ९.५० प्रतिशतले बढेका छन्।

घटेका सेयरमध्ये ओम मेगाश्री फर्म्यास्युटिकल्स अगाडि छ। कम्पनीको सेयर ९.३० प्रतिशतले घट्दा लगानीकर्ताले प्रतिकित्ता नै १८५.४६ रुपैयाँ गुमाएका छन्। बाँकी सेयरहरु अधिकतम ३.९० प्रतिशतसम्मले घटेका छन्। 

कारोबारमा आज राधी जलविद्युतले सबैलाई उछिनेको छ। कम्पनीको ९१ करोडको कारोबार भएको छ। यसबाहेक युनिभर्सल पावर कम्पनीको ६४ करोड, बुटवल पावर कम्पनी ४९ करोड, ङादी ग्रुप पावरको ४३ करोड र अरुण कावेली पावरको २९ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad