समाज


मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता

मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १६:०, काठमाडौँ

तनहुँ जिल्लाको व्यास नगरपालिका–३ र ५ जोड्ने झोलुङ्गे पुलबाट मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

सोही नगरपालिका–२ बस्ने तारालाल मल्लको सशस्त्र प्रहरी बलको गोताखोरले खोजी सुरु गरेको छ।

जेठ २१ गते बिहान मर्निङ वाकमा निस्केका उनी अबेरसम्म घर नआएपछि खोजीकार्य गर्ने क्रममा झोलुङ्गे पुलको नजिकै उनको जुत्ता, पर्स तथा सरी भनेर लेखिएको सुसाईट नोट फेला परेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजिकार्यको लागि परिचालन भएको थियो। उनको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोर परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad