ऊर्जा व्यवसायीहरूले बजेटमा राखिएको विद्युत् खरिदबिक्रीमा ‘टेक एन्ड पे’ को व्यवस्थाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जिम्मेवारी लिनुपर्ने बताएका छन्।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पत्रकार सम्मेलन गर्दै जिम्मा नलिए राजीनामा दिनुपर्ने उनीहरूले बताएका हुन्।
कार्यक्रममा अरूण सुवेदीले आफ्नो क्षेत्रको जिम्मेवारी नलिने व्यक्ति पदमा बस्न नहुने बताए।
ऊर्जा लगानीकर्ता विनोद देवकोटाले टेक एन्ड पेको विरोधको नेतृत्व ऊर्जामन्त्री आफैँले गर्नुपर्ने बताए।
पूर्वमहासचिव गोरे शेर्पाले ऊर्जामन्त्रीले थाहा छैन भनेर सुख नपाउने बताउँदै यसको जिम्मा लिन आग्रह गरे।
108
Shares

प्रतिक्रिया