कारोबार


पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईंले भनेः विज्ञापन नीति जारी गरी विकृति हटाउँछु

पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईंले भनेः विज्ञापन नीति जारी गरी विकृति हटाउँछु

नेपालखबर
जेठ १९, २०८२ सोमबार १६:५४, काठमाडौँ

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन्।

सोमबार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन्। जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईंले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताए। उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताए।

विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

उनले कसैको एक्लो प्रयासले सम्भव नहुने सामुहिक प्रयास र प्रतिवद्धता चाहिने बताए। बाह्य विज्ञापन होर्डिङ्ग बोर्डमा रहेको ठेकेदारी प्रथाको अन्त्य गर्ने उनको भनाइ छ। उनले स्थानीय तह तथा प्रदेश सरकारले विज्ञापनको नमूना ऐन पारित नगरेकोमा चिन्ता व्यक्त गर्दे सबै स्थानीय तहलाई विज्ञापन गरे।

उनले भने, ‘हामीले सुरु गरेको र निर्णयमा पुग्न नसेकेको राष्ट्रिय विज्ञापन नीति हो। हामीले झण्डै दुई वर्ष नै उक्त नीति मन्त्रालयमा सिफारिस गरिसकेको हो। त्यसलाई हामीले निष्कर्षमा पुर्‍याउन नसक्दाखेरी अहिले हामीले विज्ञापन नियमन गर्ने ऐनमा संशोधन गर्न सकेनौँ। त्यो विज्ञापन नियमन ऐनमा संशोधन गरिसकेपछि मात्रै हामीले विज्ञापनका चारवटै क्षेत्रलाई हामी बोर्डको दायरामा ल्याउन सक्छौँ। त्यसकारण हामी जतिसक्यो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्छौं। र विज्ञापन ऐनलाई संशोधन गर्छौं।’

उनले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad