कारोबार


सात प्रदेश प्रमुखलाई झण्डै २३ करोड बजेट, कसलाई कति?

सात प्रदेश प्रमुखलाई झण्डै २३ करोड बजेट, कसलाई कति?

परशुराम खापुङ्ग (कोशी), सुमित्रा सुवेदी भण्डारी (मधेश), दीपक प्रसाद देवकोटा (बागमती), डिल्लीराज भट्ट (गण्डकी), कृष्णबहादुर घर्ती मगर (लुम्बिनी), यज्ञराज जोशी (कर्णाली), नजिर मियाँ (सुदूरपश्चिम)


नेपालखबर
जेठ १९, २०८२ सोमबार १५:५५, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश प्रमुखहरूलाई कुल २२ करोड ८९ लाख रुपैयाँ बजेट दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले प्रदेश प्रमुखहरूको कार्यालय सञ्चालनका लागि पाउने बजेट आगामी वर्षका लागि बढाएका हुन्। 

चालू आवमा १८ करोड ४६ लाख खर्चको अनुमान गरेको सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ करोड ४३ लाख रुपैयाँ बढी विनियोजन गरेको हो।

प्रमुखहरूले पाउने बजेटमा बागमती प्रदेशलाई उछिन्दै कर्णाली प्रदेश प्रमुखले बढी बजेट पाएका छन्। बागमती प्रदेशले ३ करोड ६८ लाख रुपैयाँ बजेट पाउँदा कर्णाली प्रदेशका प्रमुखले ३ करोड ८२ लाख रुपैयाँ बजेट पाएका हुन्। 

यस्तै धेरै पाउनेमा तेस्रोमा सुदूरपश्चिम प्रदेश प्रमुख छन्। सुदूरपश्चिम प्रदेश प्रमुखका लागि सरकारले ३ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गर्दा मधेश प्रदेशका लागि ३ करोड ९ लाख र लुम्बिनी प्रदेश प्रमुखका लागि ३ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

यस्तै सबैभन्दा थोरै बजेट पाउनेमा भने कोशी र गण्डकी प्रदेशका प्रमुख छन्। कोशी प्रदेश प्रमुखले ३ करोड ५ लाख रुपैयाँ बजेट पाउँदा गण्डकी प्रदेश प्रमुखले ३ करोड ३ लाख रुपैयाँ बजेट पाएका हुन्।

प्रमुखको सवारी मर्मतका लागि ६४ लाख 
अर्थमन्त्री पौडेलले ७ प्रदेश प्रमुख तथा तिनको कार्यालयका लागि सवारी मर्मत शीर्षकमा ६४ लाख रुपैयाँ छुट्याएका छन्। सबैभन्दा थोरै बजेट पाएको गण्डकी प्रमुखले सवारी मर्मतमा भने सबैभन्दा धेरै बजेट पाएका छन्।

गण्डकी प्रदेशका प्रमुख र उनको कार्यालयको सवारी मर्मत गर्न सरकारले १२ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ।

यस्तै मधेश प्रदेशका प्रमुखले पनि सो शीर्षकमा १२ लाख रुपैयाँ नै बजेट पाएका छन्। बाँकी ५ वटा प्रदेश प्रमुखलाई भने सवारी मर्मतका लागि सरकारले १० लाखका दरले बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad