ad ad

कारोबार


क्वारेन्टिनमा रहेका व्यक्तिलाई अनुगमन गर्न गृहले ल्यायो ‘कोभिड–१९ साथी एप’

क्वारेन्टिनमा रहेका व्यक्तिलाई अनुगमन गर्न गृहले ल्यायो ‘कोभिड–१९ साथी एप’

नेपालखबर
चैत २४, २०७६ सोमबार ८:५२,

संक्रमणको सम्भावना भइ क्वारेन्टिनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ।

सरकारले क्वारेन्टिनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषता सहितको ‘कोभिड—१९ साथी एप’ सञ्चालनमा आएको हो।

एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टिनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। ‘होम क्वारेन्टिन’ वा सार्वजनिक क्वारेन्टिनमा राखेका व्यक्ति सिमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालिन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलर्ट’ बज्ने उनले बताए।

एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसेको छ, छैन, आफ्नो घरमा बसेको छ, छैन भनेर अनुगमन गर्नेछ। क्वारेन्टिनमा आपतकालिन अवस्थामा टेलिफोन सञ्चार नचलेमा पनि एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सक्ने फिचर समावेश गरिएको छ। यस्तै, उनीहरुको दैनिक स्वास्थ्य स्थिती ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पु¥याउने विशेषता पनि एपमा समावेश गरिएको छ। सो मोबाइल एपको मद्दतबाट अनियन्त्रित तवरले संक्रमण फैलिने अवस्था रोक्न, कुन ठाउँमा कति मानिसहरुलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टिनको अवधिमा यथाशीघ्र सेवा सहयोग पु¥याउन सहयोग गर्नेछ।

गृहमन्त्री रामबहादुर थापाले विपद विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताए। कोभडि—१९ साथी एपले कोरोनाका लागि मात्रै नभएर भविष्यमा सूचना केन्द्रित गर्न पनि भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

यसैगरी कोरोना भाइरस (कोभिड—१९) को तथ्याङ्क तथा सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्ने गरी वेव साइट पनि सञ्चालनमा आएको छ। एकीकृत तथा भू—सान्दर्भिक राष्ट्रिय कोभिड-१९ ले सूचना प्रणालीको माध्यमले सूचना तथा तथ्याङ्कको दैनिक संकलन, विश्लेषण, भण्डारण र सम्प्रेषण गर्नेछ। वेव साइटको माध्यमबाट स्थलमार्ग तथा हवाइमार्गबाट आएका व्यक्तिहरुको विवरण, सामूदायिक क्वारेन्टिनमा वा आफ्नै घरमा क्वारेन्टिनमा बसेकाहरुको विवरण, उनीहरुको स्वास्थ्य अवस्था, आइसोलेसनमा भएका व्यक्तिहरुको विवरण, प्रत्येक जिल्लाबाट संकलन गरिएका स्वाव आदीको नेपाल भरीको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने छ।

कोभिड १९ डट एनडीआरआरएमए डट जिओभी डट एनपी को माध्यमबाट कोभिड-१९ को जोखिममा रहेका समुदायको पहिचान गरी समुदाय केन्द्रित विपद् प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न मद्दत गर्नेछ। भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको सूचना आफैँले क्राउड सोर्स प्रविधिबाट आफैँ राख्न सकिने विशेषता पनि रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .