कारोबार


प्रधानमन्त्रीले आज मधेसमा एकैपटक ६४ सडकको शिलान्यास गर्ने

प्रधानमन्त्रीले आज मधेसमा एकैपटक ६४ सडकको शिलान्यास गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८२ आइतबार ११:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै दिन मधेसमा ६४ वटा सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्। 

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे एकैपटक ६४ वटा पक्की सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

मधेसका ८ जिल्लाका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा एकएक वटाका दरले डिजिटल प्रविधिबाट सडकको शिलान्यास गर्न लागिएको हो। 

ती सबै सडक पाँच किलोमिटरका रहने भौतिक पूर्वाधार विकासमन्त्री सञ्जय यादवले जानकारी दिए। 

६४ निर्वाचन क्षेत्रमा गरेर कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सकेर शिलान्यास गर्न लागिएको मन्त्रालयले जनाएको छ। 

यी सडक निर्माणमा कुल १२ अर्ब ७० करोड खर्च हुने अनुमान गरिएको छ। 

मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजनाअन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरणअन्तर्गत यो आयोजना सुरु हुन लागेको मन्त्री यादवको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad