खेल


नेपाल ऐमेच्योर ओपन गल्फ मंगलबारदेखि

नेपाल ऐमेच्योर ओपन गल्फ मंगलबारदेखि

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १३:४४, काठमाडौँ

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मंगलबारदेखि सुरु हुने भएको छ।  नेपाल गल्फ संघको आयोजनामा ११औं च्याम्पियनसिप मंगलबारदेखि बिहीबारसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। 

तीन दिने च्याम्पियनसिपमा ५४ होलको प्रतिपस्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भुटान र भारत गरी पाँच देशका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिएको हो।  

नेपालबाट टिम ए मा सद्‌भाव आचार्य, राहुल विकले खेल्नेछन्। टिम बी को छनोट नै बाँकी रहेको बताइएको छ।  

प्रतियोगितामा पुरुषतर्फ व्यक्तिगत र टिमबीच प्रतिस्पर्धा हुनेछ। पुरुष टिमको प्रतिस्पर्धामा प्रदेश देशले दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछीको संयुक्त स्कोरको आधारमा विजेता घोषणा गरिनेछ। आयोजक नेपालले दुई टिम सहभागी गराउनेछ।  

व्यक्तिगत पुरुष प्रतिस्पर्धामा ३६ होलपछि कट लागू हुने बताइएको छ। सहभागी खेलाडीमध्ये ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन्। 

महिलातर्फको प्रतिस्पर्धामा नेपाल र भारतका खेलाडी हुनेछन्। प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीको सहभागिता रहनेछ। आइतबारसमम खेलाडी नाम दर्ताको समय भएकोले संख्या केही बढ्न सक्ने आयोजकको अनुमान छ। 

यो प्रतियोगिता वर्ल्ड एमेच्योर र्‍यांकिङबाट मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी खेलाडीले र्‍यांकिङ नम्बरसमेत पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad