कारोबार


निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गको लागि सरकारले कति छुट्यायो बजेट?

निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गको लागि सरकारले कति छुट्यायो बजेट?

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १०:५, काठमाडौँ

सरकारले निर्माणाधीन काठमाडौँ-तराई मधेस द्रुतमार्गको लागि गत वर्षभन्दा आगामी आर्थिक वर्षको लागि धेरै बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा द्रुत मार्गको लागि २४ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेका हुन्। यो चालु आर्थिक वर्षकाेभन्दा एक अर्ब ९५ करोड रुपैयाँले बढी हो। 

चालु आर्थिक वर्ष २०८१/०८२ मा द्रुतमार्गका लागि सरकारले २२ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको थियो। 

बिहीबार बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पौडेलले द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/०८४ मा सक्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। 

‘आगामी आर्थिक वर्षभित्रमा द्रुतमार्गको सवबेस, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण कार्य सम्पन्न गरिने छ,’ बजेट प्रस्तुत गर्ने क्रममा पौडेलले भने, ‘यसका लागि २४ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छु।’

द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाले गरिरहेको छ। अहिलेसम्म झण्डै ३९ प्रतिशत निर्माणको काम सकिएको सेनाले जनाएको छ। 

२०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई द्रुतमार्ग निर्माणको जिम्मा दिएको थियो। 

द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ। द्रुतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्नेछन्। 

कूल ७० दशमलव ९७७ किमीको यो सडक ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढमा जोडिने छ।

द्रुतमार्ग आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलब २५ किमी, महादेवडाँडामा तीन दशमलब ३५५ किमी, धेद्रेमा एक दशमलब ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad