कारोबार


उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन

उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १७:२८, काठमाडौँ

सरकारले काठमाडौँ उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न ६ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ।

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उपत्यका खानेपानीलाई एकीकृत गरिने उल्लेख गरे।

त्यस्तै जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गरिने घोषणा गरेको सरकारले एक घर, एक धारा कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरेको छ। 

जलवायु अनुकूलित खानेपानी आयोजनाअन्तर्गत ३ अर्ब विनयोजन गरेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले लिफ्ट खानेपानी आयोजनामा ५० प्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरेको घोषणा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad