कारोबार


बढेन विद्युतीय गाडीको कर, कति छ अहिले?

बढेन विद्युतीय गाडीको कर, कति छ अहिले?

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १७:२३, काठमाडौँ

सरकारले विद्युतीय गाडीको करलाई यथावत् राखेको छ।

सरकारले कर बढाउने चर्चा भए पनि चालू आर्थिक वर्षकै करलाई निरन्तरता दिएको हो।

व्यवसायीले कर बढ्ने आकलनमा पहिला नै ठूलो मात्रामा विद्युतीय गाडी भित्र्याए पनि बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले यथावत् राखेको बताए।

वातावरण प्रदूषण कम गर्न र विद्युत खपत बढाउन करका दर यथावत राखिएकाे सरकारको भनाइ छ।

चालू आर्थिक वर्षमा ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तशुल्क लाग्छ। ५० देखि १०० किलोवाटसम्मका गाडीमा २० प्रतिशत महसुल र १५ प्रतिशत अन्तःशुल्क लिँदै आएको छ। १०० देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। 

२०० देखि ३०० किलोवाटसम्मका गाडीमा ६० प्रतिशत भन्सार महसुल र ३५ प्रतिशत अन्तःशुल्क रहेको छ। ३०० किलोवाटमाथिका गाडीमा ८० प्रतिशत भन्सार महसुल र ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेको छ। 

सरकारले सबै विद्युतीय गाडीमा ५ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको छ। सरकारले यी सबै व्यवस्थालाई निरन्तरता दिएको हो।

यस्तो छ अहिलेको कर दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad