सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा रोजगारी वृद्धि गर्ने र आधुनिक प्रविधि प्रयोग गरेर आर्थिक क्षमता बढाउने लक्ष्य निर्धारण गरेको छ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै बजेटका उदेश्य प्रष्ट पारेका हुन्।
उच्च दिगो एवम् फकाकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने, सार्वजनिक निजी लगानी बढाइ रोजगारी बढाउने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता बढाउने र सामाजिक संरक्षण र बिकासबाट सामाजिक न्याय कायम गर्ने बजेटको उदेश्य तय गरिएको छ।
त्यस्तै गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्धनमा पनि बजेटले जोड दिने लक्ष्य राखिएको छ।
9
Shares

प्रतिक्रिया