नेपालमा डिलक्ससहित तारे होटलको संख्या २१४ पुगेको छ।
आर्थिक सर्वेक्षणअनुसार डिलक्ससहितका पाँचतारे होटलको सङ्ख्या २०८० फागुनसम्म १८२ रहेकोमा २०८१ फागुनसम्म २१४ पुगेका हुन्।
तारेस्तरबाहेकको डिलक्स र लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या १,३६४ पुगेको छ।
रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शय्याको सङ्ख्या चालू आर्थिक वर्ष फागुनसम्म ३ हजार २७० थप भई २०८१ फागुनसम्म २० हजार ३ सय ४३ पुगेको छ।
यस्ता होटलबाहेक पर्यटकस्तरीय डिलक्स र लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म ५ हजार २ थप भई २०८१ फागुनसम्म ४२ हजार २ सय ९९ पुगेका छन्।
२०८१ फागुनसम्म क्यासिनो ९ र आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका छन् । २०८१ असारसम्म यस्तो सङ्ख्या २६ रहेको थियो।
२०८१ फागुनसम्म ट्राभल एजेन्सी ४,९६३, ट्रेकिङ एजेन्सी ३ हजार २५२ याफ्टिङ एजेन्सी ९७ दर्ता भएका छन्।
त्यसैगरी, यस अवधिसम्म पर्यटक यातायात सेवा १५५, टुर गाईड ५,२६९, ट्रेकिङ्ग गाइड २७ हजार १ सय २८ र रिभर गाईड ४२५ दर्ता भएका छन्।
Shares

प्रतिक्रिया