ट्रेड टावरले आजबाट प्राथामिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी अंकित दरमै ३२ लाख ९६ हजार ५ सय ४ कित्ता सेयर निष्काशनमा ल्याएको हो।
कम्पनीले आफ्नो जारी पुँजीको ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९ प्रतिशतले आउने ३९ करोड ७१ लाख रुपैयाँबराबरको सेयर निष्काशनका लागि नियामक नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। स्वीकृति पाएसँगै दोस्रो चरणका लागि सर्वसाधारणमा सेयर निष्काशन गरेको हो।
सर्वसाधारणले आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
51
Shares

प्रतिक्रिया