कारोबार


अब सोलुखुम्बुबाट काठमाडौँ सातामा चार दिन उडान

अब सोलुखुम्बुबाट काठमाडौँ सातामा चार दिन उडान

फाप्लु विमानस्थल


नेपालखबर
जेठ १२, २०८२ सोमबार ५:५७, काठमाडौँ

सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अबदेखि नेपाल एयरलाइन्सले सातामा चार दिन उडान गर्ने भएको हो। 

अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान गर्नेछ। 

यसअघि प्राविधिक खराबीका कारण साताको एक दिन उडान गर्ने जहाज पनि ‘ग्राउन्डेड’ थियो। 

प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सम्भव भएको हो। 

नेपाल एयरलाइन्स फाप्लुका स्टेसन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुसदेखि चैतसम्म सो मार्गको हवाई सेवा पूर्ण रूपमा ठप्प भएको थियो।

सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, ‘जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बीपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन।’

विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्‌कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नुपरेको थियो।

उडान पुनः सुरु भएपछि पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad