कारोबार


आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ, लगानी वातावरण थप सहज हुँदै छ : राष्ट्र बैंक

आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ, लगानी वातावरण थप सहज हुँदै छ : राष्ट्र बैंक

नेपालखबर
जेठ ११, २०८२ आइतबार २१:२१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आफ्नो त्रैमासिक मौद्रिक समीक्षामा आन्तरिक अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको उल्लेख गरेको छ। 

सोही कारण अघिल्लो आवभन्दा बढी आर्थिक वृद्धि हुने केन्द्रीय बैंकको भनाइ छ। 

‘आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो’, राष्ट्र बैंकले भनेको छ। 

अघिल्ला दुई आर्थिक वर्ष उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रको वृद्धि ऋणात्मक रहेकामा चालू आर्थिक वर्षमा उक्त उप–क्षेत्रहरुकोवृद्धि धनात्मक रहने तथ्याङ्क कार्यालयको अनुमान रहेको उल्लेख गर्दै बैंकले पर्यटक
आगमनमा सुधार भएको, थोक तथा खुद्रा व्यापारमा विस्तार आएको र चालू आर्थिक वर्षको नौ महिनामा मध्यवर्ती उपभोगका सामानको आयात १७.८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ। 

राष्ट्र बैंकले भनेको छ, ‘जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशले घटेको थियो। यसबाट समेत आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार हुँदै गएको
देखिन्छ।’

नेपाल सरकारले लगानीसँग सम्बन्धित केही कानुनहरुमा सुधार गरेको, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुधारसम्बन्धी सुझावहरु कार्यान्वयनका लागि नेपाल सरकारले कार्यान्वयन कार्ययोजना बनाएको र नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी तीन वर्ष जलविद्युत उत्पादनको जडित
क्षमता प्रत्येक वर्ष ९०० मेगावाटका दरले थपिने क्रममा रहेको, राष्ट्रिय पूर्वाधारका केही आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले आन्तरिक अर्थतन्त्रमा सुधार हुने राष्ट्र बैंकको अनुमान छ।

वित्तीय क्षेत्रमा पनि तरलता यथेष्ट रहेको, कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको पृष्ठभूमिमा आगामी दिनमा लगानी वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुनुको साथै विद्यमान उत्पादन क्षमताको उपयोग पनि बढ्दै जाने देखिएको राष्ट्र बैंकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad