नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षाको अन्तिम तयारी गरिरहेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार सम्पूर्ण तयारी आइतबार सकिएको खण्डमा सोमबार समीक्षा गरिनेछ।
राष्ट्र बैंकले त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ।
चैत २५ देखि गभर्नरविहीन बन्दै आएको राष्ट्र बैंकमा विश्वनाथ पौडेल आएसँगै मौद्रिक नीतिको तेस्रो समीक्षाको तयारी अन्तिम चरणमा पु¥याएको हो।
दोस्रो र तेस्रो समीक्षामा खासै ठूलो नीतिगत फेरबदल नगरेको राष्ट्र बैंकले तेस्रो समीक्षामा पनि फेरबदल नगर्ने सम्भावना छ।
69
Shares

प्रतिक्रिया