कारोबार


गभर्नर पौडेलले गरे दुई डेपुटीको जिम्मेवारी हेरफेर, अनुसन्धान तथा सुपरिवेक्षणको जिम्मा मिश्रलाई

गभर्नर पौडेलले गरे दुई डेपुटीको जिम्मेवारी हेरफेर, अनुसन्धान तथा सुपरिवेक्षणको जिम्मा मिश्रलाई

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार ११:५८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दुई डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर गरेका छन्।

पौडेलले मंगलबार कार्यभार सम्हालेलगत्तै दुई डेपुटीहरुको जिम्मेवारी फेरेका हुन्।

पौडेलले आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण, मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण, बैंकिङ, भुक्तानी प्रणाली विभाग, मानव संसाधन विभाग र वित्त व्यवस्थापन विभाग डेपुटी गभर्नर बमबहादुर मिश्रको मातहतमा राखेका छन्।

यस्तै अर्की डेपुटी गभर्नर नीलम ढुंगानाको मातहतमा भने बैंक तथा वित्तीय संस्था नियमन विभाग, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थपन, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र वित्तीय व्यवस्थापन विभाग राखेका छन्।

यसअघि गभर्नर नियुक्त हुनुभन्दा अगाडि कामुको जिम्मेवारी सम्हालेसँगै डेपुटी ढुंगानाले सबै विभाग अर्का डेपुटी मिश्रलाई दिएकी थिइन्।

गभर्नरमा बलियो प्रत्याशी रहे पनि गभर्नर बन्न नसकेपछि उनी पुन: वरिष्ठ डेपुटी गभर्नरमा आइपुगेकी हुन्। योसँगै उनी पुन: विभागीय जिम्मेवारीमा फर्किएकी हुन्।

त्यसैगरी गभर्नर पौडेलले दुई जनालाई गभर्नर कार्यालयमा ल्याएका छन्। शरणकुमार अधिकारी र दिपेश प्रधानलाई गभर्नर कार्यालयमा ल्याएका हुन्। 

अधिकारी गैबबैंक वित्तीय संस्था विभागमा कार्यरत थिए भने प्रधान मुद्रा व्यवस्थापन विभागमा थिए। मानव संसाधन विभागमार्फत दुवैको सरुवा गराइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad