नेपाल दूरसञ्चार प्राधिकरणले ७३ वटा इन्टरनेट (इमेल) तथा नेटवर्क सेवा प्रदायक (आईएसपी)हरुलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्न १५ दिनको समय दिएको छ।
यही ७ गते सूचना जारी गर्दै प्राधिकरणले उनीहरुले केही वर्षदेखि सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम निर्धारित समयमा बुझाउनुपर्नेमा नबुझाएको र हालसम्म तिर्न बुझाउनुपर्ने बक्यौता रकम नतिरेको भन्दै सूचना जारी गरेको हो।
पटक पटक पत्राचार, इमेल तथा सूचनामार्फत जानकारी गराउादा समेत विवरणसहित बाँकी बक्यौता रकम दाखिला गरी जानकारी नगराएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ। सूचनाअनुसार ७३ आईएसपीहरुले ७ गतेदेखि हुने १५ दिनको समयमै नियमानुसारको विवरण, कागजातसहित बाँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनुपर्नेछ।
त्यसो नगरिए दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही अघि बढाउने प्राधिकरणको चेतावनी छ।
यी हुन् बक्यौता नतिर्ने ७३ आईएसपी
Shares

प्रतिक्रिया