कारोबार


बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १०:३०, काठमाडौँ

बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (आज) थप १ हजार ७ सय वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ८ गते बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो। 

यसअघि बुधबार (जेठ ७ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो भने मंगलबार (जेठ ६ गते) ५ हजार रुपैयाँ कम १ लाख ८४ हजार ८ सय थियो। 

सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।

गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

यस्तै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन बढेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ। 

यसअघि हिजो बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ थियो भने अघिल्लो दिन मंगलबार ५० रुपैयाँ कम १ हजार ९ सय ४० रुपैयाँ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad