कारोबार


सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी

सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी

नेपालखबर
असार ४, २०८३ बिहिबार १५:५९, काठमाडौँ

विज्ञापन बोर्डले सामाजिक सञ्जालहरुमा भ्रमपूर्ण विज्ञापन प्रकाशित नगर्न नगराउन सूचना जारी गरेको छ। 

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक र युट्युवलगायतमा कानुनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीहरुको भ्रामक विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डले भनेको हो। 

आम नागरिकलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यको आधारभूत मापदण्ड पालना नभएको सम्बन्धमा विभिन्न उजुरी प्राप्त भएको बोर्डले जनाएको छ। 

कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, मिर्गौला सफा गर्ने, शरीरका विषाक्त पदार्थ घटाउनेलगायतका दाबी गरिएका औषधिजन्य पदार्थ तथा अन्य यस्तै प्रकृतिका सामग्रीहरुको आधारहीन तथा भ्रामक विज्ञापन सामाजिक सञ्जालमा भइरहेको पाइएको पनि बोर्डले उल्लेख गरेको छ। 

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न बोर्डले सम्बन्धित सबैमा सूचित गरेको छ। त्यसरी विज्ञापन गरेको पाइए कानुनअनुसारको कारबाही हुने बोर्डले स्पष्ट पारेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad