गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिस भएका अन्य दुई जनामा राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई रहेका छन्।
सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको समिति बैठक अर्थ मन्त्रालयमा बसेको थियो।
यसैबीच, सर्वोच्च अदालतमा पौडेलविरुद्ध परेको रिट समेत आजै इजलासबाट दर्ता नहुने आदेश भएको छ।
योसँगै अब मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एकलाई केन्द्रीय बैंक हाँक्ने जिम्मेवारी सुम्पिनेछ।
मन्त्रिपरिषद् बैठक ६ बजे बालुवाटारमा बस्दै छ।
2.0k
Shares

प्रतिक्रिया