साताको पहिलो कारोबार दिन नै सेयरबजारमा गिरावट आएको छ।
नेप्से परिसूचक २.७९ अंकले घटेको हो। योसँगै आइतबार सूचक २६०९.०५ विन्दुमा थामिएको छ।
आइतबार ८ अर्ब ५० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। १ करोड ६९ लाख कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज सयवटा धितोपत्रको मूल्य बढ्दा १४५ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
बढेकामध्ये ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा प्रतिकित्ता ६३.६० रुपैयाँ बढेको छ। त्यसैगरी छ्याङदी हाइड्रोपावर, विन नेपाल लघुवित्त, नेपाल पुनर्बीमा कम्पनीलगायतको सेयर पनि बढेको छ।
यता कर्पोरेट डेभलपमेन्टको सबैभन्दा बढी ८.७१ प्रतिशतले सेयर मूल्य घट्दा नेपाल माइक्रो इन्स्योरेन्सको ७.५३ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४ प्रतिशत, क्रेस्ट माइक्रो लाइफको ६.८६ प्रतिशत र युनिभर्सल पावर कम्पनीको ६.१० प्रतिशत गिरावट आएको छ।
सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको ७० करोडको भएको छ। यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५१ करोड, राधी जलविद्युतको ४८ करोड, युनिभर्सल पावरको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ४२ करोडको सेयर कारोबार भएको छ।
Shares

प्रतिक्रिया