केहीसमय अघि बलिउड हिट फिल्म ‘हेराफेरी’ को तेस्रो श्रृंखला बन्ने घोषणा भएको थियो। यस कमेडी फिल्ममा अक्षयकुमार, सुनील शेट्टी र परेश रावलको जोडीलाई हेर्न दर्शकहरु निकै उत्साहित थिए।
किनकी यसअघिका सिरिजमा राजु, घनश्याम र बाबुरावको जोडीलाई निकै रुचाइएको थियो।
तर, यसैबीच फिल्मबाट परेश रावल बाहिरिएको खबर आएको छ। फिल्ममा बाबुरावको भूमिकामा देखिएका उनी तेस्रो पार्टमा नहुने भएका छन्।
रावल स्वयमले आफू आगामी फिल्ममा नदेखिने एक्समार्फत पृष्टि गरेका हुन्।
‘म यो रेकर्डमा राख्न चाहन्छु कि हेरा फेरी ३ बाट बाहिरिने मेरो निर्णय रचनात्मक भिन्नताका कारणले भएको थिएन। म दोहोर्याउँछु कि फिल्म निर्मातासँग कुनै रचनात्मक भिन्नता छैन। मलाई फिल्म निर्देशक प्रियदर्शनप्रति माया, सम्मान र विश्वास छ।’
उनको यो निर्णयसँगै फ्यानहरु निकै दुखित भएका छन्। उनीबिना हेराफेरी अधुरो हुने र फिल्म नहेर्न प्रतिक्रिया दिएका छन्।
Shares

प्रतिक्रिया