कारोबार


दमक भ्यू टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

दमक भ्यू टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:३५, काठमाडौँ

सरकारले दमकको भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झापाको दमकमा रहेको ‘दमक व्यापारिक कम्प्लेक्स’लाई शुल्क लिएर सञ्चालन गर्न गर्न दिने निर्णय गरेको हो।

सरकारले डेढ अर्ब खर्च गरेर भ्यूटावर बनाएको हो। यसको सञ्चालन मोडालिटी अझै टुंगिसकेको छैन।

व्यावसायिक केन्द्र बनाउने भनिएको टावर  १ सय मिटर अग्लो बनेको छ। 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा उक्त टावरको शिलान्यास गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad