सहकारी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले ३ कम्पनीसँग गरेको ठेक्का तोड्ने तयारी गरेको छ।
विभागको सस्पेन्सन बृज डिभिजनले एक सूचना जारी गर्दै सम्झौताबमोजिम काम नगरेकाले १५ दिने स्पष्टीकरण सोधेको हो।
तिनमा निलगिरी निर्माण सेवा प्रालि काठमाडौं र कान्छाराम÷युनिकर्न जेभी काठमाडौं रहेका छन्।
कान्छाराम÷युनिकर्न जेभीले कमलखोला दोभान झापा र रिउ खोला चितवनमा झोलुंगे पुल बनाउन २०७८ असार १० मा सम्झौता गरेका थिए। त्यसैगरी निलगिरीले २०७५ साउन २३ मा पिलम्पा खोटाङमा झोलुंगे पुन बनाउने सम्झौतामा हस्ताक्षर गरेको थियो।
विभागले बीचमा थपेको म्यादमा समेत यी कम्पनीले काम नगरेको उल्लेख गरेको छ। यसअघि पनि सोही कारण पटक पटक लिखित तथा मौखिक अनुरोध गरेको, ०८१ माघ २६ मा कार्य सम्पन्न गर्न १५ दिने सूचना प्रकाशन गरेको भए पनि सम्बन्धित कम्पनीहरुले कुनै चासो नदेखाएको विभागको भनाइ छ। सोही कारण ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा आउन आग्रह गरिएको छ।
त्यसो नगरे ठेक्का सम्झौताका शर्त, सार्वजनिक खरिद ऐन तथा नियमावली र प्रचलित कानुनअनुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ।
Shares

प्रतिक्रिया