कारोबार


बजेट निर्माणको प्रेसरमा छौँ, सुझावहरू सकेसम्म सम्बोधन गर्छौँः अर्थमन्त्री पौडेल

बजेट निर्माणको प्रेसरमा छौँ, सुझावहरू सकेसम्म सम्बोधन गर्छौँः अर्थमन्त्री पौडेल

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १८:५५, काठमाडौँ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोसिस गरेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

‘आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सकियोस् भन्ने कोसिसमा म छु,’ पौडेलले भने, ‘यसका केही यस्ता विषयहरू छन्, जो कानुन संशोधनसँग सम्बन्धित विषयवस्तुहरू छन्। त्यसले गर्दा बजेटबाट सम्बोधन गर्न सकिने विषयहरू के हुन सक्छन्, त्यसमा मेरो अल्लि बढी ध्यान केन्द्रित छ।’

उनले थपे, ‘जेठ १५ नजिक आइसक्यो, सीएनआइले पनि केही दिन अघि मन्त्रालयमा आफ्नो समस्त टिमसहित सुझावसहितको प्रस्तुतिकरण गरेको छ। त्यसलाई पनि मैले हेरिरहेको छु। अरू निजी क्षेत्रका संघसंगठन, अरू संस्थाहरूले पनि सुझाव दिइरहनुभएको छ। ती चिजहरू पनि मैले हेरिरहेको छु। बजेट निर्माणको प्रेसरको अवधिमा हामी छौँ।’


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad