कारोबार


जडीबुटी–पेप्सीकोला सडकसीमामा पर्ने संरचना आफैँ हटाउन ३५ दिनको समय

जडीबुटी–पेप्सीकोला सडकसीमामा पर्ने संरचना आफैँ हटाउन ३५ दिनको समय

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १२:४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको सीमामा रहेका संरचना हटाउन ३५ दिनको समय दिएका छन्। 

उक्त खण्डको सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५÷१५ मिटर सडकको सीमा रहेकाले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै ती स्थानमा परेका संरचना हटाउन ती निकायले भनेका हुन्। 

यो खण्डमा उक्त निकायहरुले यही वैशाख १० गते सडक सीमा सीमांकन गरी चिनो लगाएका थिए। यस क्षेत्रका अनधिकृत संरचना ३५ दिनभित्र नहटाए सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधिअनुसार कारबाही गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad