महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरु समस्यामा परेको भन्दै बैंकले मजदुरलाई वितरण गर्ने गरी महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई सो सामाग्री हस्तान्तरण गरेको हो।
सो खाद्यान्न सामाग्री बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरे।
बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।

प्रतिक्रिया