कारोबार


निगमको घुम्ती सेवा : दुई दिनमा २६० ग्यास सिलिण्डर बिक्री

निगमको घुम्ती सेवा : दुई दिनमा २६० ग्यास सिलिण्डर बिक्री

नेपालखबर
चैत २०, २०७६ बिहिबार ४:११,

नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ।

मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमले विभिन्न कम्पनीका २ सय ६० सिलिण्डर वितरण गरेको छ।

लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार ८७ सिलिन्डर ग्यास बिक्री गरिएको थियो। जसमा नेपाल ग्यास ४१, एसटिसी २०, सुगम–एभरेष्ट ग्यास १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिन्डर छन्।

त्यस्तै बुधबार सात कम्पनीका १७३ सिलिण्डर बिक्री गरिएको छ। तिनमा नेपाल ग्यास ७७, एसटिसी २८, श्री १५, एभरेष्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरिएको छ।

उपाध्यायका अनुसार उपभोक्ताको मागनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्यास बिक्री गरिएको हो। निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका ३६० सिलिन्डर ग्यास तयार पारेको थियो।

सोअनुसार निगमसँग नेपाल ग्यास ८० तथा सुगम-एभरेष्ट, एसटिसी, बाबा-श्री र सगर ग्यास ७०-७० थिए।

निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्यास थप ८० एवं एसटिसी, लुम्बिनी र सिद्धार्थ ७०–७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्यास मगाएर मौज्दातसमेत राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .