आइतबार सेयरबजारमा ३.४४ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६२०.३९ विन्दुमा पुगेको हो।
यस दिन ९ अर्ब २४ करोडको सेयर खरिदबिक्री भएको छ। २ करोड १९ लाख कित्ता सेयर बिक्रीमा सो परिमाणको कारोबार भएको हो।
आइतबार ११८ वटा सेयर हरियो हुँदा १२८ वटा राताम्य छन्।
४ कम्पनीको सेयरमा सर्किट
आइतबार चारवटा कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको छ। तीनवटामा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको हो।
सकारात्मक सर्किट लाग्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फम्र्यास्युटिकल्स छन् भने नकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त छ।
यसबाहेक बढेका सेयर अधिकतम ९.८४ प्रतिशतसम्म र घटेका सेयर अधिकतम ७.५५ प्रतिशतसम्म छन्।
कारोबारको हिसाबमा आज सानिमा माई हाइड्रोपावरको ६० करोड, ङादी ग्रुप पावरको ५५ करोड, राधी जलविद्युतको ५१ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५० करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया